Poems by Elizabeth Grech translated in Nepali by Krishna Prasai

Photos by Martin Seychell

 

Sea

समुद्र

म तिमीलाई मेरो खुट्टाको औंलाले खोज्छु
र तिमी
मेरो विचारमा भिज,
मेरो रगत पखाल।

म तिमीलाई छोडिदिन्छु।
र नयाँ पखेटाले जन्मन्छु।
मेरो पछाडि।

*

Mirror

ऐना

मैले हेरे
ऐनामा

सट्टा
मलाई
मैले देखे
तिमीलाई
हासिरहेका
म फर्किए
मेरो टाउको

देखे
एउटा पुतली
त्यहाँ नाजुक

मेरो काँधमा

*

Autumn

४ शरद ऋतु

एक पछि अर्को
फिक्का गुलाब पत्तीहरू
सडक पारिको रूखबाट
हावाले एकै सासमा लिन्छ।
कमजोर दिनहरूझै
तिमीले गन्न छोडिसक्यौ।
म तिनीहरूलाई मेरो काखमा जम्मा पार्छु
तिनीहरूलाई सामृतिको रूपमा सङ्कलन गर।
तिम्रो गन्धको,
जहा हावाले एउटा लडाई लड्यो
हावा म भन्दा बलियो छ
एक
द्वारा
एक
फिक्का गुलाब पत्तीहरू चिप्लिन्छन
मेरो औंलाहरु बीचवाट।
*